ओलीको कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन : अध्यक्ष ओली

 जेठ ०४, २०८१

उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको ओलीको भनाइ थियो ।

बिहीबार बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोस्ट्रममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोस्ट्रममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।

Public Patra Insert into Post

अध्यक्ष ओलीले शुक्रबार त्यसबारेमा संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए ।

‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने । अध्यक्ष ओलीले कांग्रेस सांसदहरूले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको दाबी गरे ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2