प्रतिनिधिसभाकाे बैठक आइतबारसम्मका लागि स्थगित

 जेठ ०४, २०८१

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति खोज्ने नाममा अपरान्ह ४ बजेका लागि सारिएको थियो।

Public Patra Insert into Post

तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ।

कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको छ भने सत्ता पक्ष अझै राजी भएको छैन।

यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। त्यसपछि बैठक आइतबारसम्म स्थगित गरिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2