आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख आइतमान तामाङको आग्रह

 जेठ ०५, २०८१

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार मेलम्चीमा उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय -आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो ।

हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले आगामी बर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Public Patra Insert into Post

उहाँले अहिलेको समयमा छुवाछुतको कुरा गर्न नहुने बताउँदै दुर्वव्यहार गर्नेलाई कानुनी कारबाही हुने बताउनुभयो । कार्यक्रममा मेलम्चीका दलित वडा सदस्य, कार्यपालिका सदस्य ,दलित अगुवा लगायत ५० जना रहेको आयोजका सचिव टीकाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गर्नुहुनेछ । दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृत्व विकासका लागि गर्नुपर्ने काम लगायत विषयमा जानकारी गराइने प्रशिक्षक राजु विकले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर नेपाली, रेडियो मेलम्चीका श्टेसन म्यानेजर देवराज सुवेदी लगायतले दलितका हक अधिकार लगायत बिषयमा जानकारी गराउनुभयो । औपचारीक कार्यक्रम सञ्जालका अध्यक्ष हरिबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2