कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न नदिने भनेको छैन : शेखर कोइराला

 जेठ ०५, २०८१

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गरेका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेसले बोल्न दिने कुरामा सहमत गरेको जिकिर गरे ।

Public Patra Insert into Post

बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडानपछि लामिछानेले बोल्न नचाहेको नेता कोइरालाको भनाइ छ ।

उनले लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने नेता कोइरालाले बताए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2