मकवानपुरमा राप्रपाको राजनिति तथा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

 जेठ १०, २०८१

राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा राजनिति तथा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला तथा नगरका पदाधिकारी सहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि प्रशिक्षणको अयोजना गरिएको पार्टिले जनाएको छ। राप्रपाको एजेण्डा,पार्टिको विचारलाई आम नागरिक सम्म कसरी पुर्याउने । राप्रपाको निति प्रति फिजाइएका भ्रमहरुलाई कसरी चिर्ने र आम नागरिक सम्म राप्रपालाई कसरी पुर्याउने भन्ने विषयमा पदाधिकारीहरुलाई बुझाउन कार्यक्रम आयोजना गरिएको राप्रपा मकवानपुरले जनाएको छ।

Public Patra Insert into Post

राप्रपाका उपाध्यक्ष बरिष्ठ नेता धुर्ब बहादुर प्रधान र प्रशिक्षण बिभाग उपसंयोजक खुस्बु ओली र केन्द्रीय सदस्य अभिषेक जोशीले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो। राजनिति तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको थियो ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2