जलमग्न बागमती प्रदेशसभा सचिवालय

 जेठ १४, २०८१

हेटौँडा : बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको छ । केहीबेर भएको वर्षाका कारण बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको हो ।

दिउँसो करिब १ बजेदेखि परेको वर्षाको कारण सचिवालयको परिसरमा पानी जम्दा जलमग्न भएको हो । वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ ।

Public Patra Insert into Post

सचिवालय परिसरमा पानी जम्दा प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको थियो । दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक परिसरमा पानी जमेपछि बस्न समस्या भएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गर्नेछन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2