नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

 जेठ २३, २०८१

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो।

Public Patra Insert into Post

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।  उसका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई १०७ रनको विजयी लक्ष्य दिएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2