बागमती र गण्डकीमा बिहानैदेखि वर्षा

 जेठ २५, २०८१

काठमाडौं : बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।

Public Patra Insert into Post

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागती र गण्डकी प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2