समाजवादी युगमा पनि ‘जबज’लाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पद : खनाल

 जेठ २७, २०८१

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि नेकपा एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्।

आइतवार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ अन्तरक्रियामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अधोपतन भइसकेको र मार्क्सवाद, लेनिनवादभन्दा पहिला जबज लेखेर उनले आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको आरोप लगाए।

Public Patra Insert into Post

उनले समाजवादका कुरा गर्नेहरुले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतीहरु पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।

​नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दावीसमेत गरे। १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको उनको भनाई थियो।

‘बुर्जुवा विचारहरु कम्युनिष्ट पार्टीमा पलपलमा छिरिरहेका छन्। हामीले वैचारिक संघर्ष नगरे हामीलाई नै तिनीहरुले रुपान्तरण गरिदिन्छन्। केपी ओलीमा आएको यो अधोपतन रुपान्तरण हो कि होइन‚ अधोपतन हो कि होइन‚’ उनले भने, ‘त्यो अधोपतन हो। १४ वर्ष जेल बसेका मान्छे‚ अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन्। लाजमर्दो कुरा हो‚ मार्क्सवादा लेनिनवाद पनि होइन। सबभन्दा पहिला के आउँछ भन्दा जबज।’

नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2