टी-२० विश्वकप : भारतसँग पाकिस्तान ६ रनले पराजित

 जेठ २८, २०८१

आइसिसी टी-२० विश्वकपमा पाकिस्तान भारतसँग पराजित भएको छ।समूह चरणको दोस्रो खेलमा भारतलाई ११९ रनमा अल आउट गरेको पाकिस्तान ६ रनले पराजित भएको हो।

१२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।पाकिस्तानका लागि मोहम्मद रिजवानले बनाएको ३१ रन सर्वाधिक रह्यो। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

Public Patra Insert into Post

कप्तान बाबर आजम, उस्मान खान र फखर जमन १३/१३ रन बनाएर आउट भएका थिए।इमाद वासिमले २३ बलमा १ चौका हानेर १५ रन जोडे ।शादब खान ४ र इफ्तिखर अहमद ५ रनमा आउट भएका थिए। नसीम शाहले नटआउट १० रन जोडे।

बलिङतर्फ जस्प्रित बुमराहले ३, हार्दिक पाण्ड्याले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले १/१ विकेट लिए।भारतलाई १९ ओभरमा अल आउट गर्ने क्रममा नसीम शाह र हरिश रौफले ३/३ विकेट लिए।

मोहम्मद अमिरले २ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2