मलावीका उपराष्ट्रपतिसहित १० जना चढेको विमान बेपत्ता

 जेठ २, २०८१

काठमाडौं । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित १० जना चढेको विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ ।

यो विमान एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स फोर्सका कमान्डरले घटनाबारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले पूर्व निर्धारित आफ्नो उडान रद्द गरेर हराएको विमान खोजी र उद्धार कार्यको आदेश दिएका छन् ।

Public Patra Insert into Post

मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले विमान खोज्ने प्रयास जारी रहेको बताएको खबरमा उल्लेख छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2