बढ्यो अमेरिकी डलर , अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 जेठ २, २०८१

मंगलबार अमेरिकी डलरसँग क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।

Public Patra Insert into Post

यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ४२ पैसा र बिक्रीमा १७० रूपैयाँ १९ पैसा पाइन्छ।

क्यानेडियन डलर एकको खरिददर आज ९६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रूपैयाँ २६ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ २७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८८ रूपैयाँ २७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २४ पैसा र बिक्रीमा २८ रूपैयाँ ३७ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २७ पैसा तोकिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2