सुनको भाउ स्थिर,आज कतिमा हुँदैछ कारोबार?

 जेठ २, २०८१

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

सोमबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

Public Patra Insert into Post

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ।

सोमबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2