बागमतीका सरकारी कार्यालयले तामाङ र नेपाल भाषामा पनि साइन बोर्ड लेख्नुपर्ने

 बैशाख १३, २०८१

हेटौंडा । बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।

Public Patra Insert into Post

आजको बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएकाले २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

२४ वैशाखपछि प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्नेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2