नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै

 बैशाख १, २०८१

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे खेल सुरू हुनेछ।

Public Patra Insert into Post

पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमको एक/एक अंक छ।

पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो।

वेस्ट इण्डिज ए ले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै पूरा गरेको थियो।

दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

१६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर १५० रन मात्रै बनाएको थियो।

दुवै खेलमा कप्तान रोहित पौडेलको ब्याटिङ उत्कृष्ट रह्यो।

पहिलो खेलमा शतक प्रहार गरेका उनले दोस्रो खेलमा ७१ रन बनाएका थिए।

दुवै खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेको थियो।

प्रत्येक खेलमा नेपाली टिममा खेलाडी परिवर्तन गरिएको छ।

पहिलो खेलमा सोमपाल कामी, आशिफ शेख, करण केसी जस्ता प्रमुख खेलाडीहरूलाई बेन्चमा राखिएको थियो।

प्रतिश जिसी, विवेक यादव, अनील शाहलाई खेलाइएको थियो।

दोस्रो खेलमा सोमपाल फर्किए पनि आशिफ शेखको स्थानमा अनिल शाहले नै निरन्तरता पाएका थिए।

नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप खेलिरहेको छ। यो खेलले विश्वकप खेल्ने खेलाडीको पनि निर्क्यौल हुनेछ।

सिरिज सकिएपछि नेपाल विश्वकप खेल्न वेस्ट इण्डिज नै जानेछ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल।

वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2