अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, आज कतिमा हुँदैछ किनबेच?

 बैशाख २३, २०८१

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७८ पैसा कायम गरिएको छ।

Public Patra Insert into Post

शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ।

आज पाउण्ड एकको खरिदमा १६७ रूपैयाँ २१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९७ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर आज १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५६ पैसा बढेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०५ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १० पैसा र बिक्रीमा २८ रूपैयाँ २२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ०३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७८ पैसा तोकिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2