जापानकी परराष्ट्रमन्त्रीले गरिन् बसन्तपुर दरबार स्क्वायरको अवलोकन

 बैशाख २३, २०८१

जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन्। आइतबार काठमाडौँ आएलगत्तै मन्त्री योकोले दरबार स्कवायरको भ्रमण गरेकी हुन् ।

दरबार स्क्वायरको भ्रमणलगत्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।  त्यसपछि मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि उनले चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Public Patra Insert into Post

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2