आइतबार २४.५८ अंकले नेप्से घट्यो , ३ अर्ब ७९ करोडको कारोबार

 बैशाख २३, २०८१

सेयर कारोबार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेर १ हजार ९ सय ७४.३७ अंकमा ओर्लेको छ ।

अघिल्लो दिनको तुलनामा यो १.२३ प्रतिशतले कम हो । गत बिहीबार ७.३१ अंकले घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।

Public Patra Insert into Post

आइतबार कारोबारमा आएकामध्ये ४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ९६ वटाको घट्यो र बाँकी ७ वटाको स्थिर रहयो । उक्त दिन ६० हजार ५ सय २३ वटा कारोबारबाट ९७ लाख ७२ हजार ८ सय ३ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2