जाजरकोट र रूकुम भुकम्प सहयोग कोषमा ट्रेड युनियन कांग्रेसको १ लाख ११ हजार १ सय ११ सहयोग

 पुष १५, २०८०

पुस १५, काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले प्रधानमन्त्री दैविक प्रकोप उद्घार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

जाजरकोट र रुकुम भुकम्प पीडित सहयोगकालागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले १ लाख ११ हजार १ सय ११ को चेक हस्तान्तरण गर्नुभएको हो ।

Public Patra Insert into Post

अध्यक्ष कुँवरले नागरिकको दु:खमा ट्रेड युनियन कांग्रेस पनि संगै रहेको र दु:ख परेको बखत हरेक क्षेत्रले सहयोग गर्ने बानी बसाले जुनसुकै समस्या पनि समाधान गर्न गाह्रो नहुने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसले जाजरकोट भुकम्प पीडितहरुलाई ६० वटा अस्थायी टहरा निर्माण गर्नुकासाथै खाद्यान्न , न्यानो कपडा समेत सहयोग गरेका थिए ।

यसैगरी सरकारले जाजरकोट र रुकुम जिल्लाका भुकम्प पीडितहरुको सहयोग र पुनःस्थापनमा ढिलासुस्ती गरेकोप्रति असन्तुष्ट जनाउदै तत्काल सहयोग र पुनःस्थापनमा ध्यान दिन ट्रेड युनियन कांग्रेसले माग गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2