राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

 बैशाख १३, २०८१

राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।

Public Patra Insert into Post

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौँ योजनाको मस्यौदा प्रस्तुत गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरूले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2