नेप्से ३.२४ अंकले घट्यो

 बैशाख १३, २०८१

साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडमा खुम्चियो ।

कुल ८८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.१३ प्रतिशत (६२ अंक) बढ्यो । बैंकिङ २, विकास बैंक ७, होटल तथा पर्यटन २१, हाइड्रोपावर ११, उत्पादन ४७, माइक्रोफाइनान्स १४ र अन्य समूह ५ अंक घटे ।

Public Patra Insert into Post

निर्जीवन बीमा २०, ब्यापार ३ र जीवन बीमा समूह ४३ अंक बढे । मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ८, स्वाभिमान लघुवित्तको ६.७, बेस्ट फाइनान्सको ६.३, श्रीइन्भेस्टमेन्ट फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै सबैको लघुवित्तको ५.८, माइखोला हाइड्रोपावरको ५.४, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.१, मानुसी लघुवित्तको ३.९, युनिक नेपाल लघुवित्तको ३.८ प्रतिशत मूल्य घट्यो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2