विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको हो : राजेन्द्र लिङ्देन

 बैशाख २३, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरू विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउँदै सत्ता समीकरण परिवर्तन पनि विदेशीको दबाब र प्रभावका कारण भएको बताएका हुन् ।

Public Patra Insert into Post

अहिले दलहरूको प्राथमिकतामा सत्ता मात्रै रहेको उनले बताए । लिङ्देनले चुनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दबाब आउने गरेको धारणा राखे ।

मिलीजुली बाँकी रहेको देश लुट्ने र लुटको कारबाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उनले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

 

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2